गोलिसहित पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका विद्यार्थी नेता नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मोरङ प्रहरीले १० दिन म्याद थप गरेर अनुसन्धान थालेको छ ।
नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको म्याद थप गराएको हो ।
मुलुकी अपराधसंहिता २०७४ अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट दश दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
नरेन्द्र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा हुन् ।