Comments Add Comment

सरकारले भन्यो : द्वन्द्वकालीन मुद्धा कोट्याइरहनुपर्दैन

२४ माघ, काठमाडौं । सरकारले तत्कालिन द्वन्द्वरत पक्ष आपसमा मिलिसकेको अवस्थामा संक्रमणकालीन न्यायको विषय उठाइरहनु उचित नभएको बताएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय कोट्याइरहनु नपर्ने बताएका हुन् ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा अन्तर्राष्ट्रिय समुदायले पटक पटक आवाज उठाएकोप्रति टिप्पणी गर्दै उनले द्वन्द्वरत पक्ष गला मिलाएर हिँडिरहेको अवस्थामा प्रश्न उठाइरहनु नपर्ने धारणा राखे ।

‘चासोको निम्ति (अन्तर्राष्ट्रिय समुदाय) धन्यवाद’, मन्त्री बास्कोटाले थपे, ‘अन्र्तराष्ट्रिय समुदायको चासो छ । त्यो भन्दा धेरै चासो नेपाली जनताकै छ । कहिलेकाहीँ आक्रमण भएको अवस्थामा अन्र्तराष्ट्रिय समुदाय आउन सक्छ । सधैँ त कहीँ पनि बाहिरको टोली बस्दैन ।’

शान्ति प्रक्रियाको विषयलाई नेपालले आफ्नै मौलिकतामा, आफ्नै विशेषतामा टुङ्ग्याउने मन्त्री बाँस्कोटाले बताए । ‘हिजो द्वन्द्वमा जो थिए उहाँहरु आज त्यो द्वन्द्व व्यवस्थापनको फ्रन्टलाइनमा छन् भनेकै छु’, उनले भने, ‘उहाँहरु गला मिलाएरै हिँड्नुभएको छ । प्रचण्ड त्यसैगरी हिँड्नुभएको छ । प्रधानमन्त्री हिँड्नुभएको छ । प्र्रतिपक्षी त्यसैगरी हिँडेको छ ।’

मन्त्री बास्कोटाले शान्ति प्रक्रियाको काम बाँकी रहेसम्म सत्य निरुपण र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अस्तित्व रहिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment