Comments Add Comment

रिकी पोन्टिङ विश्वकपका लागि अष्ट्रेलियाको सहायक प्रशिक्षकमा

२५ माघ, काठमाडौं । रिकी पोन्टिङले २०१९ मा हुने विश्वकप क्रिकेटमा अष्ट्रेलियाका लागि सहायक प्रशिक्षक भएर काम गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएअनुसार इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटका लागि उनी मुख्य प्रशिक्षक जस्टिन लेंगरको सहायक भएर काम गर्नेछन् ।

पाँच पटक विश्वकप खेलेका पोन्टिङलाई क्रिकेट अष्ट्रेलियाले शुक्रबार सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । बलिङ प्रशिक्षकमा डेभिड सकर रहेका छन् ।

पोन्टिङले आफ्नै कप्तानीमा सन् २००३ र २००७ मा अष्ट्रेलियालाई विश्वकपको उपाधि जिताएका थिए । अष्ट्रेलिया क्रिकेट टिम भारत र यूएई भ्रमण पछि उनले टिम सम्हाल्ने छन् ।

उनले एकदिवसीय क्रिकेटमा ३७५ खेलबाट १३७०४ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment