Comments Add Comment

विभिन्न जिल्लामा एकै दिन ५ जना मृत भेटिए

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोट, कास्की, रौतहट, तनहुँ र उदयपुरमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको तार्केश्वर गाउँपालिका–२ टापुस्थित त्रिशुली नदीको किनारामा नाम नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी उदयपुर चौडण्डीगढी नगरपालिका–७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियार सोही ठाउँस्थित लाटीखोलाको बगरमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता, पोखरा महानगरपालिका– ३२ राजचौतारास्थित तालखोलाको किनारमा सोही ठाउँ बस्ने ६० वर्षीय नरबहादुर परियार सोमबार दिउँसो मृतअवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनी आइतबार साँझदेखि हराएका थिए ।

त्यसैगरी रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित जंगलमा सोही ठाउँ पौराई बस्ने ३५ वर्षीय

खडकप्रसाद अधिकारी सोमबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैवीच, तनहुँ शुक्ला गण्डकी नगरपालिका– ८ मालेबगर बस्ने ४६ वर्षीय रामबहादुर मल्ल आफ्नै

घरदेखि ६ सय मिटर टाढा सडकमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment