Comments Add Comment

चिनियाँ कम्पनीले बनाउँदैछ शरीरमा लगाउन मिल्ने स्मार्टफोन

चिनियाँ स्मार्टफोन ब्राण्ड न्यूबियाले विश्वमै पहिलोपटक शरीरमा पहिरिन सकिने स्मार्टफोन ल्याउने भएको छ ।

बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस, २०१९ मा कम्पनीले एउटा फ्लेक्सिबल स्मार्टफोन लञ्च गरी कम्पनीले आफ्नो उपस्थिति जबरजस्त दर्ज गर्दैछ । नुबिया अल्फा नामक उक्त डिभाइस यसअघि जर्मनीको बर्लिनमा आयोजित आइएफए २०१८ मा प्रदर्शन गरिएको थियो । यद्यपि, त्यतिबेला कम्पनीले उक्त डिभाइसको डमी प्रोटोटाइप मात्र प्रदर्शन गरेको थियो, जुन काम गर्ने खालको थिएन । अब चाहिँ कम्पनीले यो डिभाइसलाई विश्वव्यापी रुपमा लञ्च गर्ने तयारी गरेको हो ।

नुबिया अल्फा स्मार्टफोनलाई हातको नाडीमा लगाउन सकिन्छ । यसको डिस्प्ले ठूलो आकारको र कव्र्ड रहेको छ । यसमा फ्लेक्सिबल डिस्प्ले टेक्नोालेजीको प्रयोग गरिएको छ । यो डिभाइसमा फ्रन्ट क्यामराका साथै माइक्रोफोन पनि रहेको छ । डिभाइसको दुबैतर्फ बटन हुनुका साथै पछिल्लो भागमा चार्जिंग पिन्स र मुटुको धड्कनको रेट मापन गर्ने सेन्सर रहनेछ ।

कम्पनीले यो डिभाइसको मूल्य तथा अन्य फिचरका बारेमा विस्तृत विवरण दिएको छैन ।

स्मरण रहोस् मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले पनि आफ्नो पहिलो फोल्डेबल डिभाइस सार्वजनिक गर्नेछ । हुवावे पनि यो दौडमा रहेको छ । र, यसमा अहिले न्यूबिया थपिएको हो ।

यद्यपि न्यूबिया अल्फा पहिरिन मिल्ने स्मार्टफोन निर्माणको पहिलो प्रयास होइन । यसअघि गत वर्ष जेडटिइ कम्पनीले आफ्ना एक्सोम एम डिभाइस पेश गरेको थियो । जसमा दुईवटा डिस्प्ले र बीचमा एउटा जोर्नी थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment