Comments Add Comment

सुरजलाई गाउँमा कम्प्युटर शिक्षा अभियानको सहयोग

२९ माघ, काठमाडौं । गाउँमा कम्प्युटर शिक्षा अभियान काठमाडौंले धादिङ ज्वालामुखी गाउँपालिका-४ ढोलाका सुरज तामाङलाई एक लाख १५ हजार ४७० रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

संस्थाका उपाध्यक्ष किरण धमलाले ‘डिप्लोमा इन फार्मेसी’ तेस्रो वर्षमा अध्ययनरत तामाङको शैक्षिक शुल्क तिर्नका लागि सहायता हस्तान्तरण गरे ।

उपाध्यक्ष धमलाले सामाजिक सञ्जालमा राखिएको सहयोगको अपील देखेर सुरजलाई अमेरिकाबाट उत्तम धमलाले एक लाख १५ हजार ४७० रुपैयाँ सहयोग गरेको जानकारी दिदै सोही रकम हस्तान्तरण गरेको जानकारी दिए ।

रकम हस्तान्तरणसँगै सुरजको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो अभियानले धादिङ, लमजुङ, कास्की, कैलाली, अर्घाखाँचीलगायत जिल्लाका ४० विद्यायलाई कम्प्युटर उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment