Comments Add Comment

१०९ वटा कानून संशोधन गर्न बनेको विधेयक पारित

२९ माघ, काठमाडौं । प्रतिनिधिसभाले नेपालको संविधान अनुकुल नरहेका १०९ वटा कानून संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

सोमबार बसेको बैठकले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।
संविधान अनुकुल नभएका कानूनहरु आगामी फागुन २१ भित्र संशोधन गरिसक्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

गत वर्ष फागुन २१ गते संसदको वर्षे अधिवेशन सुरु भएको थियो । संसद अधिवेशन सुरु भएको एक वर्षभित्र परिमार्जन नभए संविधानसँग बाझिएका कानूनहरु स्वतः निष्क्रिय हुने प्रावधान छ ।

सोही संवैधानिक दायरालाई ध्यानमा राखेर विधेयक ल्याइएको कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुनभक्त ढकालले बताए ।

‘संविधानको धारा ३०४ द्वारा निर्दिष्ट भए अनुसार संविधान अनुकल नरहेका वा संविधानसँग बाझिएका कानून संसोधन गर्न बनेको विधेयक ल्याएका थियौं । यो समितिमा गएर सर्वसम्मत संशोधनसहित पास भएर आएको छ ।’ उनले भने ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन ३ गते दिउँसो ३ बजे बस्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment