Comments Add Comment

चिनीको भन्सार शुल्क ६० प्रतिशत पुर्‍याउन उद्योगीको माग

१ फागुन, काठमाडौं । चिनी उद्योगीले आयातित चिनीको भन्सार शुल्क ६० प्रतिशत पुर्‍याउन माग गरेका छन् ।

विदेशबाट आयात हुने चिनीसँग नेपालमा उत्पादित चिनीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाले भन्सार शुल्क बढाउनुपर्ने उद्योगीको माग छ ।

भन्सार शुल्क बढाए मात्रै उखु किसानको भुक्तानी दिने उनीहरुको शर्त छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल चिनी उद्योग संघले लागत धेरै भएकाले नेपालमा उत्पादित चिनीले विदेशबाट आयातितसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको बताएको छ ।

संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले तोकेको मूल्यमा किसानबाट उखु खरिद गरेपनि उत्पादित चिनी बिक्रि गर्न नसकिरहेको दाबी गरे । सरकारले खुद्रा उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा तोकेको छ ।

किसानसँग उखु खरिद गरेर उद्योगसम्म ल्याउँदादेखि चिनी उत्पादन र कर समेत लागत जोड्दा प्रतिकिलो चिनीको मूल्य ७७ रुपैयाँ ७४ पैसा हुन आउने उद्योगीको तर्क छ ।

बाहृय मुलुकबाट आयातित चिनीसँग आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न नसकेका कारण समस्या भएको दाबी उद्योगीको छ ।

तर, उद्योगीको माग अनुसार सरकारले चिनीको भन्सार शुल्क बढाउँदै गए बजारमा चिनीको भाउ आकाशिने अधिकारकर्मीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment