Comments Add Comment

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स ३० प्रतिशत बढ्यो

Photo Credit : प्रतिकात्मक तस्वीर

१ फागुन, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ३०.२ प्रतिशतले बढेर पुस मसान्तसम्म ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५०५ अर्ब ४३ करोड रुपैयाा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।

उता वैदेशिक रोजगारीमा जानेको संख्या भने यस अवधिमा घटेको छ । अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment