Comments Add Comment

दिदीबहिनी कपको उपाधि एपीएफलाई

१ फागुन, काठमाडौं । दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।

बुधबारको उपाधि भिडन्तमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ को सेटमा हराउदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । पर्बतको कुश्मा बजारमा सम्पन्न फाइनलमा एपीएफले न्यु डायमण्डमाथि २५–१८, २६–२४, २१–२५ र २५–२१ को जित निकालेको हो ।

यो उपाधि जितेपछि एपीएफले यो वर्ष मात्रै १० प्रतियोगितामध्ये ९ वटाको उपाधि जितेको छ ।

प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीमाथि ३–१ को सेटमा जित निकाल्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोस्रोदेखि चौथो सेट लगातार २५–१८, ३१–२९ र २५–१६ ले जित्न सफल भयो ।

११ औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा सञ्चालित प्रतियोगिताको विजेता एपीएफले दुई लाख, उपबिजेता न्युडायमण्डले एक लाख र तेस्रो स्थान हात पार्ने नेपाल पुलिसले ५० हजार नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले उत्कृष्ट ट्रफिका साथ नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको ब्यक्तिगत बिधाामा न्यु डायमण्डले बर्चश्व जमाएको छ ।

न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, अनिसा सुनुवार उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका ज्ञानेन्द्र बिष्टले जिते । बिधागततर्फ उत्कृष्ट सबैले जनही नगद ५ हजार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment