Comments Add Comment

रियल मड्रिडद्वारा अजाक्स पराजित

Photo Credit : च्याम्पियन्स लिग

२ फागुन, काठमाडौं । साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरे । यता, अजाक्सका लागि भने हाकिम जियचले गोल फर्काएका थिए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ६०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अजाक्सका लागि जियचले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । तर ८७औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

रियलले अब च्याम्पियन्स लिगको दोस्रो लेगमा अजाक्ससँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment