Comments Add Comment

हिरो महिला गोल्डकप : उपाधिका लागि भोलि नेपालले म्यानमारसँग खेल्दै

२ फागुन, काठमाडौं । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपालले भोलि म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपालल र म्यानमारबीच उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

राउण्ड रोविनको आधारमा भएको खेलमा म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा प्रवेश गरेका हुन् ।

राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जित हात पार्दै म्यानमारले ९ अंक बनाएको थियो । यता, नेपालले भने तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपाल र म्यानमार फाइनलमा पुग्दा आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएका थिए ।

लिग राउण्डमा नेपालले पहिलो खेलमा म्यानमारसँग ३-० गोलको हार ब्यहोरेको थियो । त्यसकारण म्यानमारलाई फाइनलमा पराजित गर्दै नेपाल हिरो महिला गोल्डकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भने आयोजक भारतलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा इरानलाई नेपालले ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यता, म्यानमारले भने आफ्नो दोस्रो खेलमा इरानलाई २-० ले र तेस्रो खेलमा भारतलाई २-० गोलले नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment