Comments Add Comment

म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश

५ फागुन, काठमाडौं । म्यान्चेष्टर सिटी एफए कप फुटलबको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युपोर्ट कन्ट्रीलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । सिटीको जितमा फिल फोडिनले दुई, लिरो साने र रियाद महरेजले समान १-१ गोल गरे । न्युपोर्ट कन्ट्रीका लागि प्याडि्रग एमोन्डले एक गोल फर्काए ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोेल गर्दा न्युपोर्टले एक गोल मात्रै गर्न सफल भयो ।

५१ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । फोडिनले ७५ औ मिनेटमा गोल गर्दै सिटीलाई २-० गोलको अग्रता दिलाए । एमोन्डले ८८ औं मिनेटमा गोल गर्दै न्युपोर्टलाई २-१ गोलको स्थितिमा ल्याएका थिए ।

तर सिटीका लागि फोडिनले ८९औं मिनेटमा र महरेजले खेलको अतिरिक्त समयमा गोल गर्दै ४-१ गोलको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment