Comments Add Comment

फोल्डेबल आइफोनको तयारीमा एप्पल, यस्तो छ डिजाइन

स्मार्टफोन उद्योगका लागि यो वर्ष सन् २०१९ विशेष हुनेवाला छ । एकतार्फ केही कम्पनीहरुले आफ्नो फाइभ जी नेटवर्क कनेक्टिभिटीयुक्त स्मार्टफोन पेस गर्ने तयारी गरेका छन् त अर्कोतर्फ कतिपय कम्पनीहरुले स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन लञ्च गर्नेछन् ।

यसअघि सामसुङ, साओमी, हुवावे, एलजी, लेनोभो तथा मोटोरोला कम्पनीले फोल्डेबल स्मार्टफोन ल्याउने घोषणा गरिसकेका छन् ।

फोल्डेबल फोनका विषयमा अन्य कम्पनीहरुको तयारीसँगै अब आइफोन निर्माता कम्पनी एप्पलले पनि आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको घोषणा गरेको छ ।

एप्पलले हालै आफ्नो पहिलो फोल्डेबल आइफोनको डिजाइनको पेटेन्ट दर्ता गराएको छ । समाचार अनुसार, एप्पलले यस्तो खालको पेटेन्ट सन् २०११ मा फाइल गरेसँगै सन् २०१६ मा अपडेट गरेको थियो । अमेरिकाको युनाइटेड स्टेट्स पेटन्ट एण्ड ट्रेडमार्क अफिसमा दर्ता गरिएको उक्त पेटेन्ट डिजाइन गत फेब्रुअरी १४ मा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको डिजाइनमा एप्पलको फोल्डेबल फोनको स्केच देखाइएको छ, जसले फोनको डिजाइनका बारेमा हल्का जानकारीसमेत दिइएको छ ।

एप्पलको फोल्डेबल फोनको नाम र्याप अराउन्ड आइफोन रहने बताइएको छ । पेटेन्टमा दर्ता गरिएको स्केच अनुसार यस फोनमा आइफोन एक्सको जस्तै एज टू एज डिस्प्ले दिइएको छ ।

फोनमा कुनै होम बटन छैन । साथै हेडफोन ज्याक पनि फोनमा देखिँदैन । त्यसैले यसमा रियल बटनको साटो भर्चुअल बटन हुने अनुमान गरिएको छ ।

फोनको ओएलइडी डिस्प्लेको लचकताका लागि एप्पलले डिस्प्लेमा जडानको प्रयोग गर्न सक्दछ । जडानको सहयोगले फोन सजिलैसँग फोल्ड हुन्छ ।

समाचार अनुसार एप्पलको उक्त फोल्डेबल फोन माथि र तल दुवैतिर फोल्ड गर्न सकिनेछ । एप्पलको यो फोल्डेबल फोन ठ्याक्कै कहिले लञ्च गर्ने भन्ने विषयमा एप्पलले कुनै आधिकारिक घोषणा भने गरेको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment