Comments Add Comment

महान्यायाधिवक्ताको राय : पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्छ

६ फागुन, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले घुसकाण्डमा मुछिएका राजनारायण पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले छानविन गर्न सक्ने राय लिएको छ ।

अख्तियारका आयुक्त पाठकले ७८ लाख रुपैँयाँ घुस लिएको हालै मात्र सार्वजनिक भएको थियो । घुसकाण्ड सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाअभियोग लगाउने बताइरहँदा पाठकले राजीनामा दिए । उनले सम्भावित महाअभियोगबाट बच्न राजीनामा दिएका हुन् ।

अख्तियारको आइतबार बसेको बैठकमा आफ्नै निवर्तमान सदस्य पाठकबारे छानविन गर्ने कि नगर्ने छलफल भएको थियो । तर, संविधानमा प्रष्ट नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय मागेको थियो ।

कार्यालयले सोमबार नै राय पठाएको छ । ‘अख्तियारले पत्र आएपछि हामीले राय पठाएका छौं’ कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अनलाइनखबरसँग भने ।

के राय दिइयो भन्ने खुलाउन नमिल्ने उनले बताए ।

स्रोतका अनुसार पाठकमाथि अख्तियारले छानविन गर्न सक्ने राय महान्यायाधिवक्ताको कार्यालयको छ ।

‘संविधानको एउटा धारामा महाअभियोग प्रस्ताव पारित भएपछि भनिएकाले

महान्यायाधिवक्ता कार्यालयको पनि राय मागौं भनेको हुनसक्छ । यसमा कुनै अस्पष्टता छैन’ स्रोतले भन्यो, ‘अख्तियार ऐनको दफा २९ ले अझ प्रष्ट पारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment