Comments Add Comment

सुब्बा र खरदारसहित १८ हजार कर्मचारीको समायोजन सकियो (सबै विवरणसहित)

६ फागुन, काठमाडौं । सरकारले प्रशासनतर्फका सुब्बा र खरदारसहित १८ हजार ४२४ कर्मचारीहरुको समायोजन सकेको छ । तिमध्ये अधिकांशको समायोजन संघमा भएको छ ।

सोमबार साँझ प्रशासन र राजश्व समूहका सुब्बा तथा प्रशासन समूहका खरिदारको समायोजन सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन महाशाखाको पछिल्लो विवरणअनुसार प्रशासन सेवातर्फका ५ हजार ८०२ र राजश्वतर्फका ६७५ गरी जम्मा ६ हजार ४७७ जना सुब्बा समायोजन भएका छन् ।

यसैगरी प्रशासन सेवातर्फका खरिदार ४ हजार ६०६ जनाको समायोजन पनि सकिएको कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुले जानकारी दिए ।

यसअघि सचिव, सहसचिव, उपसचिव तथा प्रशासन, लेखा र राजश्व समूहका अधिकृतहरु गरी ७ हजार ३४१ जनाको समायोजन सकिइसकेको थियो ।

यो पनि पढ्नुहोस शिक्षाका आधाभन्दा धेरै उपसचिव स्थानीय तहमा समायोजन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम सुरु गरेको थियो ।

५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६७६ सहसचिवमध्ये संघमा ५७४ र प्रदेशमा १०२ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।

२ हजार ६ जना उपसचिव समायोजन भएकामध्ये संघमा १ हजार ५३१, प्रदेशमा २३७ र स्थानीय तहमा २३८ जना समायोजन भएका छन् ।

यसैगरी अधिकृततर्फ प्रशासन समूहका २ हजार ३४१ जना संघमा, ३७१ जना प्रदेशमा र १७८ जना स्थानीय तहमा समायोजन भएका छन् ।

यस्तै लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमाभन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको छ ।

राजश्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जना मात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

सचिव, सहसचिव, उपसचिव र अधिकृतको विवरण हेर्नुस्

सि.नं.    श्रेणी  समूह  संघ   प्रदेश  स्थानीय तह   जम्मा कर्मचारी    
१. रा.प. विशिष्ट सचिव ५७ ५७
२. रा.प. द्वितीय सहसचिव वा सो सरह ५७४ १०२ ६७६
३. रा.प. द्वितीय उपसचिव (लेखा) १६० १७४
४. रा.प. द्वितीय उपसचिव (प्रशासन) ८३६ ८४८
५. रा.प. द्वितीय उपसचिव (राजश्व) १५२ १४ १६६
६. रा.प. द्वितीय उपसचिव (शिक्षा) १४६ ५६ २२७ ४२९
७. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोपावर २० २०
८. रा.प. द्वितीय आर्थिक योजना तथा तथ्यांक सेवा/तथ्यांक ५८ ५८
९. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल मेकानिकल १७ १७
१०. रा.प. द्वितीय वन सेवा/जनरल फरेष्ट्री ३५ १०७ १४२
११. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/जनरल ४४ ३७ ८१
१२. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/हाइड्रोलोजी १४
१३. रा.प. द्वितीय इन्जिनियरिङ सेवा/सर्भे ५६ ५७
१४. रा.प. तृतीय अधिकृत/प्रशासन २३४१ ३७१ १७८ २८९०
१५. रा.प. तृतीय अधिकृत/लेखा ६१० १९५ ३२७ ११३२
१६. रा.प. तृतीय अधिकृत/राजश्व ५७८ ५८०
जम्मा ५६९१ ९०७ ५६९१ ९०७
स्रोतः कर्मचारी समायोजन महाशाखा  

प्रशासनतर्फका सुब्बाहरुको विवरण हेर्नुहोस्

राजश्वतर्फका सुब्बाहरुको विवरण हेर्नुहोस् 

प्रशासनतर्फका खरदारहरुको विवरण हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment