Comments Add Comment

कार्तिक र दिशाको जोडी पर्दामा

निर्माता भुषण कुमार र निर्देशक अनिश बज्मी अहिले नयाँ चलचित्र निर्माणको तयारीमा लागिरहेका छन् । नाम नतोकिएको यो चलचित्रमा कलाकार भने पक्का भएका छन् । भुषण र अनिश दुबैको लगानी रहने यो चलचित्रमा कार्तिक आर्यन र दिशा पटानीको जोडी पक्का भएको छ ।

निर्माता भुषण कुमारले नै चलचित्रमा यी दुईको जोडी प्रस्तुत गर्न लागेको बताएका हुन् । भुषणले भारतीय मिडियासँग भनेका छन्–‘कार्तिकको कामबाट म निकै प्रभावित छु । त्यस्तै, दिशासँग त ‘भारत’मा सँगै काम गरियो । दुबै राम्रो कलाकार भएकाले पनि उनीहरुको जोडीलाई पर्दामा देखाउने कोसिस गरेका हौँ ।’ उनले नयाँ जोडीलाई पर्दामा देखाउनु सधै चाखलाग्दो काम हुने समेत बताएका छन् ।

त्यस्तै दिशाले पनि निर्देशक अनिशसँग काम गर्न लागेको कुराले निकै हर्षित बनाएको बताएकी छिन् । उनले भनेकी छिन्–‘राम्रो निर्देशकसँग राम्रो चलचित्रमा काम गर्ने मौका पाएको छु । मेरो सहकर्मी कलाकार पनि राम्रो हुनुहुन्छ । त्यसैले चलचित्रका लागि निकै उत्साहित छु ।’

सन् २०१९ को मध्यतीर छायांकनमा जाने यो चलचित्रलाई मुम्बई र विदेशी भूमिमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment