Comments Add Comment

अजयले छाडेपछि सलमानले गरेका थिए ‘करण अर्जुन’

बलिउड चलचित्रमा धेरैले याद गर्ने चलचित्रमा पर्छ, ‘करण अर्जुन’ । राकेश रोशन निर्देशित यो चलचित्र केही विषेश पनि छ । विशेय यस अर्थमा छ कि, यो चलचित्रमा पहिलो पटक बलिउडका दुई स्टार नायक सलमान खान र शाहरुख खानले एकसाथ काम गरेका थिए ।

यो चलचित्रमा नायक ऋतिक रोशन सहायक निर्देशकका रुपमा थिए । दुई नायक मुख्य भूमिकामा चाहिदा पनि आफ्नो बुबाको चलचित्रमा ऋतिकले अभिनय गर्ने मौका पाएका थिएनन् । अर्को रोचक कुरा त के छ भने, सलमान खान यो चलचित्रमा पहिलो रोजाई भने थिएनन् । यो चलचित्रमा करणको भूमिका निर्वाह गर्नका लागि राकेशले अजय देवगणलाई पक्का गरेका थिए ।

तर, पछि निर्माण युनिट र अजयबीच खटपट भएपछि अजयले उक्त चलचित्र छोडेका थिए । अजयले छोडेको ‘करण अर्जुन’ गरेका सलमानले पछि अजयसँगै पनि काम गरेका छन् । उनीहरुले संजयलीला भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’ र विपुल शाहको ‘लण्डन ड्रिम’मा एकसाथ काम गरेका छन् । यो चलचित्र सुपरहिट भएको थियो । यो चलचित्रपछि साहरुख र सलमानले केही चलचित्रमा एकसाथ काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment