Comments Add Comment

अपरिचित व्यक्तिको औँठी भाडामा लिएर गर्लफ्रेण्डलाई प्रपोज

Photo Credit : जोन एलिअट आफ्नो गर्लफ्रेण्डको साथ । फोटो : जोन एलिअट

काठमाडौं । एकजना व्यक्तिले आफ्नो गर्लफ्रेण्डलाई प्रपोज गर्नका लागि निकै अनौठो जुक्ति लगाएका छन् । उनले एकजना अपरिचित महिलाको औँठी भाडामा लिएर आफ्नी प्रेमिकाको औँलामा लगाइदिएर प्रपोज गरे ।

बेलायतको लण्डनस्थित बलहममा बस्ने जोन एलिअट नामका २७ वर्षका ती व्यक्तिले अपरिचित महिला जेनी पार्करलाई झण्डै ७ सय डलर तिरेर उनको औँठी भाडामा लिए । गर्लफ्रेण्ड एशलेगलाई लगाइदिनका लागि उनले भाडामा लिएको त्यो औँठीको मूल्य झण्डै १० हजार डलर पर्दथ्यो ।

जोन एलिअटले भाडामा लिएको औँठी

औँठी भाडामा लिनका लागि उनले अनलाइनमार्फत अनुरोध गरेका थिए । उनको अनुरोधमा एकजना अपरिचित महिलाले आफ्नो औँठी भाडामा दिने प्रस्ताव गरेकी थिइन् ।

१ सय वर्षभन्दा पुरानो त्यो औँठी आफ्नो परिवारको इतिहासको रुपमा रहेको भन्दै उनले आफ्नो औँठीले कसैको नयाँ जीवनको सुरुवात गर्नमा मद्दत गरेकोमा आफूलाई खुसी लागेको बताएकी छिन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment