
चलचित्र ‘आप्पा’को निर्माण टिमले कलाकार दयाहाङ राइलाई ‘सुपरस्टार’को ट्याग दिएको छ । तर, यो कुरामा भने दयाहाङ अनबिज्ञ छन् । दया अहिले आफ्नो पारिवारिक कामले गर्दा गृह जिल्लामा छन् । त्यसैले पनि उनी यो कुरामा अनविज्ञ देखिएका हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले आफूलाई कुन चलचित्रको गीतमा ‘सुपरस्टार’ लेखिएको हो भन्ने बारेमा थाहा नभएको बताए । उनले भने–‘म अहिले गाउँ तिर छु । यहाँ नेट चल्दैन । त्यसैले मैले गीत हेर्न पाएको छैन ।’
दयाले ‘सुपरस्टार’को ट्याग आफूले नमागेको स्पष्ट पारे । ‘सल्लाह गर्नलाई म त्यहाँ भइन । उहाँहरुले के लेख्दिनु भयो मलाई थाहा भएन ।’ उनले अगाडि थपे–‘यदि म त्यहाँ थिए भने सल्लाह गरेर काम गरिन्थ्यो होला ।’ निर्माण युनिटले आफूलाई नसोधी ट्याग दिएको उनको भनाई छ ।
दयाहाङले आफू कलाकार बन्न आएको र कुनै ट्यागको पछाडि नलाग्ने बताए । उनले भने–‘म यहाँ कलाकार बन्न आएको हुँ । कुनै स्टार वा ‘सुपरस्टार’को ट्याग मलाई चाहिदैन ।’ यदि कलाकार नभनेर अरु केही भनेको भए आफू खण्डनमा उत्रिने समेत उनले बोले । ‘म कलाकार हँु । मलाई कलाकार नभनेर अरु केही भनियो भने म मान्दिन थिए होला’, उनले भने, ‘तर, अरु कुरामा मेरो रोक छैन ।’
प्रतिक्रिया 4