+
+

राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप शनिबार

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते २०:३०
Photo Credit : फाइल फोटो

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ्ग रेस्लिङ च्यामिपयनसिप हुने भएको छ  । लैनचौरस्थित टिटि हलमा हुने सो च्यामिपयनसिपको विजेताले ७० हजार नगर पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् ।

त्यसैगरी दोस्रो हुने २० हजार र तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुने छ । फाइनल पुग्ने खेलाडीबीच हार्डकोर्रम्याच हुने छ ।

त्यसैगरी ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, ए्रक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागीता हुने छ । त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् । रेफ्रीमा कुवेर केसी, प्रदिप पाण्डे, विकास खड्का रहने छन् ।

संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत संचालन गरेको छ । सो प्रतियोगिताका दर्शकका लागि टिकटको मुल्य २ सय तोकिएको छ भने १० बर्ष मुनिका दर्शका लागि १ सय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?