Comments Add Comment

वुमन्स टी–२० क्वालिफायरः यूएईमाथि नेपालको शानदार जित

१० फागुन, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ ।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् ।

काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् । अप्सरी बेगमले खाता खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment