Comments Add Comment

सामसुङले बेच्यो २ अर्ब ग्यालेक्सी स्मार्टफोन

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०१० मा ग्यालेक्सी सिरिजका स्मार्टफोनको सुरुवात गरेको थियो । यसबीचमा ग्यालेक्सी सिरिजको १० वर्ष पूरा हुनुअघि नै कम्पनीले सफलताको एउटा ठूलो कोशेढुंगा पार गरिसकेको छ ।

ग्यालेक्सी एस १० सिरिजको लञ्चिङ समारोहमा कम्पनीका प्रमुख कार्यकारी डि जे कोहले यसको जानकारी दिएका छन् ।

अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित अनप्याक्ड २०१९ इभेन्टमा कम्पनीका सिइओ कोहले सार्वजनिक गरेको तथ्यांकअनुसार सामसुङले अहिलेसम्म २ अर्ब भन्दा धेरै गोटा ग्यालेक्सी स्मार्टफोन बिक्रि गरिसकेको छ ।

यद्यपि सामसुङले अहिलेसम्म बेचेका ती स्मार्टफोनमध्ये कुनकुन मोडेलका कति कति स्मार्टफोन छन् भन्ने उनले खुलाएनन् । यद्यपि बिक्रि भएका २ अर्ब फोनमध्ये अधिकांस ग्यालेक्सी एस र ग्यालेक्सी नोट फोन रहेकोमा कुनै आशंका छैन । त्यसका साथै ग्यालेक्सी ए, ग्यालेक्सी सी तथा ग्यालेक्सी जे जस्ता कतिपय मोडेल समेत विश्वका विभिन्न देशमा लोकप्रिय रहेका छन् । यी सबैलाई जोडेर बिक्रिको आँकडा २ अर्ब पार गरेको हो ।

यसैबीच बुधबार सामसुङले आफ्नो ग्यालेक्सी एस १० सिरिजका ३ वटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यसमा ग्यालेक्सी एस १०, ग्यालेक्सी एस १० ई र ग्यालेक्सी एस १० प्लस रहेका छन् ।

ग्यालेक्सी एस १० सिरिजका स्मार्टफोन लञ्च गरेसँगै सामसुङले आफ्नो पहिलो फोल्डेबल फोन पनि लञ्च गरेको छ । ग्यालेक्सी फोल्ड नामबाट लञ्च भएको यस फोनलाई सामसुङले आफ्नो विशेष स्मार्टफोनको रुपमा रहेको छ । यो फोल्डेबल फोनको फाइभ जी भेरिएन्ट पनि निकट भविष्यमै लञ्च गर्ने योजना सामसुङको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment