Comments Add Comment

राजनारायणको अर्को भिडियो ! ‘झापाली’ भर्सेस महन्थ ठाकुर

पाठकले पटक-पटक किन लिए महन्थ ठाकुरको नाम ?

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले ७८ लाख घुस खाएको भिडियो खिच्ने व्यक्तिसँग भएको अर्को रोचक सम्वाद अनलाइनखबरले फेला पारेको छ ।

भिडियो सम्वादमा पाठकले केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा, उपेन्द्र यादव र महन्थ ठाकुरको समेत नाम लिएका छन् । ठाकुरको नाम चाहिँ उनले बारम्बार उल्लेख गरेका छन् । माओवादी आफ्नो पक्षमा रहेको पाठकको भनाइ छ ।

अनलाइनखबरले प्राप्त गरेको भिडियोमा राजनारायण पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्ने दाबी गर्दै यसो भन्छन्- ‘७५ प्रतिशत म प्रमुख आयुक्त हुन्छु । फरक एउटै कुरा छ, यो देशमा झापालीहरु सबै एकातिर लागेका छन् । माओवादीहरु मेरोतिर छ, मधेसी दल मेरोतिर छ । महन्थ ठाकुर सभामुख बन्दैछ । उपेन्द्र यादव छँदैछ, कांग्रेस देउवाको छँदैछ ।’

भिडियोमा पाठकले केपी ओलीलाई ‘झापाली’ शब्दले सम्वोधन गरेको सुनिन्छ । आफूले माधव नेपाललाई भेटे पनि ओलीले प्रमुख आयुक्त बन्न नदिने डर पाठकले व्यक्त गरेका छन् ।

पाठक आफूलाई अख्तियार प्रमुख बन्न केपी ओलीले नदिने आशंका व्यक्त गर्दै भन्छन्- ‘ओलीले देला त भन्न सकिन्न । जसरी शेरबहादुर देउवा खत्तम भयो नि सुदूपश्चिमका लागि, त्यसरी नै झापाली पनि खत्तम हुन सक्छ, सबै पदमा झापाली नै हुनुपर्छ भन्ने छैन ।’

राजनारायण फेरि आफ्नो गोप्य भिडियोबाट त्रसित हुन्छन् र भिडियोवाला व्यक्तिसँग गिड्गिडाउँछन्- ‘तपाईको टर्चर नभयो भने माधव नेपालसँग पनि भेट भइरहेको छ । सबैलाई चाहिन्छ । योग्यता त मेरो जति उनीहरुको छैन नि ।’

त्यति मात्र होइन, ७८ लाख घुसकाण्ड मिलाउन पनि महन्थको नाम मुछेको भिडियोमा प्रष्ट छ ।

गोप्य भिडियो खिच्ने व्यक्तिले महन्थ ठाकुर र ज्ञानेन्द्र झासँग बसेर केस सल्टाउन सुझाउँछन् । पाठकको घरमा भएको भेटमा उनले भनेका छन्, ‘सानो मान्छेको कुरा नगरौं, महन्थ ठाकुर मधेसी समुदायको सर्वोच्च नेता हो । तपाईले एकपटक सल्लाह गर्नुस्, अनि ज्ञानेन्द्र -झा) जीलाई राख्नुहोला । ढुक्क हुनुस्, सबै कुराकानीका बाबजुद यो तपाईविरुद्ध जाँदैन । ल्यापटप नै बुझाइदिन्छु ।’

पाठक- ज्ञानेन्द्रजीसँग तपाईले मलाई सेटल गराउनुभयो भने कुरा सबै सकियो ?

भिडियोवाला- सबै सकिन्छ ।

पाठक– म महन्थ ठाकुरकहाँ नगएर सबै तपाईले नै सेटल गर्‍यो भने के हुन्छ । आखिर ज्ञानेन्द्र झाको त मैले केही गरेको छैन, भाइवाला (पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार) न समस्या हो ।

लामो सम्बादका क्रममा पाठकले राजपामा महन्थ ठाकुरले ज्ञानेन्द्र झालाई गाली गरेको पनि सुनाउँछन् । ‘राजपामा महन्थ ठाकुरले भने रे, पाठक ही चलाजाएगा तो हम लोग किसको कहेंगे ?’ पाक भन्छन्, ‘म यहाँ छु भने कुनै गाविसको केस पर्‍यो भने भन्न सक्नुहन्छ । म गएँ भने मेरो जागिर जान्छ, तपाईको, ज्ञानेन्द्र झाको के प्राप्ति ?… म बाँचे न तपाईहरुलाई केही फाइदा हुन्छ ।’

पाठकले किन लिए त बारम्बार ठाकुरको नाम ?

राजनारायण पाठकले भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएका थिए, जुन हालै मात्र सार्वजनिक भएको छ ।

लम्बोदर समूहबाट घुस लिएको रकम लिन पाठकले राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई प्रयोग गरेको खुलेको छ । झा स्वयंमले यो स्वीकार गरेका छन् ।

तर, प्रश्न उठ्छ, यो भिडियो सम्वादमा पाठकले किन महन्थ ठाकुरको नाम बारम्बार लिए ?

स्रोतहरुका अनुसार पाठकलाई अख्तियारको आयुक्त बनाउन तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) का अध्यक्ष ठाकुरको पनि भूमिका थियो । पाठकले ७८ लाख रुपैयाँ घुस रकम लिन प्रयोग गरेका ज्ञानेन्द्र झा कुनै समय ठाकुरका स्वकीय सचिव थिए ।

तमलोपाकै जोडबलमा इञ्जिनियर झा नेपाल इञ्जिनियरिङ काउन्सिलको रजिष्ट्रारसमेत बने । उनी अहिले पनि राजपाभित्र ठाकुर निकट नेता मानिन्छन् ।

यद्यपि राजनारायण पाठकले ठाकुरको नाम लिनुको खासै अर्थ नभएको राजपा केन्द्रीय सदस्य झाको तर्क छ । राजनारायणको भिडियो फुजेटबारे भने महन्थ ठाकुर जानकार रहेको बताउँदै झाले अनलाइनखबरसँग भने, ‘महन्थ ठाकुर नेता हुन्, पाठक पनि उनकहाँ एकजना जनताका रुपमा पुगेका हुन सक्छन् । तर, उहाँ -ठाकुर) ले जोसुकै होस्, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्नुभएको छ ।’

पाठकले आफ्नो पहुँच माथिसम्म छ भनेर देखाउन पटक-पटक ठाकुरको नाम लिएको हुन सक्ने झाको तर्क छ ।

मधेसी नेता ठाकुर सुशील कोइरालाजस्तै सादगी नेताको छवि बनाएका व्यक्ति मानिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment