Comments Add Comment

टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल-हङकङ भिड्दै

१२ फागुन, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंकक्मा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।

हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा नेपाल रहेको छ । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ ।

अब नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment