Comments Add Comment

‘गल्ली ब्वाइ’ले कमायो सय करोड, ‘टोटल धमाल’को कमाल

बलिउडमा यो बर्ष रिलिज भएका चलचित्रले सुरुवातदेखि नै बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेका छन् । यो बर्षको सुरुवातमै रिलिज भएको चलचित्र ‘उरी’को बक्स अफिस कमाइले धेरैलाई चकित बनायो । यो चलचित्रले बक्स अफिसमा २ सय ४० करोड भन्दा बढी कमाइसकेको छ ।

अब, अर्को एक चलचित्रले पनि सय करोड क्लबमा आफूलाई उभ्याएको छ । नायिका आलिया भट्ट र नायक रणवीर सिंह अभिनित चलचित्र ‘गल्ली ब्वाइ’ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । यो चलचित्रले बक्स अफिसमा १ सय ११ करोड कमाइसकेको छ । रणवीर सिंहले लगातार ३ वटा हिट चलचित्र दिएर बक्स अफिसमा आफूलाई दरिलो रुपमा उभ्याएका पनि छन् ।

यसैविच, शुक्रबारदेखि रिलिज भएको कमेडी जनराको चलचित्र ‘टोटल धमाल’ले पनि बक्स अफिसमा धमाल मच्चाएको छ । शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ । दुई दिनमै करिब ३७ करोडको कमाई गरेको चलचित्रले ३ दिनमा ६० करोड माथिको कमाई गर्ने पक्का छ । यस्तै, यो चलचित्रले सय करोड क्लबमा आफूलाई उभ्याउने संभावना पनि देखाएको छ ।

यसरी हेर्दा बलिउडका लागि यो बर्ष सुखद हुने संकेत देखिएको छ । बिषयवस्तु र कमेडी जनराका चलचित्रले दर्शकको मन जितिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment