+
+
Shares

पाठकबारे केही दिनमा सार्थक निश्कर्ष निस्कन्छ : अख्तियार प्रमुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते १६:२५

१२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस विवादमा राजीनामा दिएका आयुक्त राजनारायण पाठकको विषयमा केही दिनभित्र सार्थक निश्कर्ष आउने बताएका छन् ।

आइतबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयुक्त घिमिरेले त्यस घटनामा तीन सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको र केही दिनमा सार्थक निश्कर्ष निस्कने बताएका हुन् ।

‘पछिल्लो घटनाका बारेमा आयोगले वरिष्ठ सदस्यको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । केही दिनअघि मात्र त्यसको केही प्रमाणहरु प्राप्त गरेका छौं’ उनले भने ‘त्यसलाई स्क्रिप्टमा रुपान्तरण गर्ने काम गरिरहेको छ । केही दिनमा नै सार्थक निश्कर्ष सार्वजनिक हुनेछ भन्ने विश्वास राख्न चाहन्छु ।’

प्रमुख आयुक्त घिमिरेले संस्थाको पनि आफ्नो जीवन हुने भन्दै त्यसमा आरोह अवरोह आइरहने बताए । ‘संस्थाको जीवनमा यस्ता घटना घट्छन् भन्ने कुरा बुझिदिन सान्दर्भिक हुन्छ’ उनले भने ।

प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदको विषयमा अहिले अनुसन्धान चलिरहेको पनि जानकारी दिए । ‘त्यसको विस्तृत अनुसन्धान चलेको छ । अहिले बयान लिने काम सुरु भएको छ’ उनले भने ‘अनुसन्धानमा रहेको हुनाले यसभन्दा अतिरिक्त विषय सार्वजनिक गर्नु सान्दर्भिक हुँदैन ।’

अख्तियारले नागरिकको प्रत्यक्ष सरोकार हुने कार्यालयहरुमा अनुगमन गर्न सेवाग्राहीको रुपमा टोली खटाएको घिमिरेले बताए । एक दिन बिराएर स्टिङ अपरेसन गर्दा पनि घुस लेनदेन नघटेकाले अब सेवाग्राहीकै रुपमा टोली खटाएको बताएका हुन् । ‘एक दिन विराएर स्टिङ अपरेसन गरे पनि त्यो मात्र पर्याप्त नहुने भएकाले अब सेवाग्राहीकै रुपमा कारबाही अगाडि बढाउन लागेका छौं’ प्रमुख आयुक्त घिमिरेले भने ।

अख्तियारका कर्मचारीहरु अख्तियारकै घेरामा रहेको पनि उनले बताए । प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट ’स्थापना भएको भन्दै उनले केही आयोगका कर्मचारीहरु सो युनिटको अनुसन्धानभित्र रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?