Comments Add Comment

देउवाको स्पष्टीकरण : हात जोडेँ तर, शेखरले बोल्न छोड्नन्

१२ फागुन, काठमाडौं । सार्वजनिक मञ्चमा केन्द्रीय सदस्य शेखर कोइरालाको नाम दिँदै ‘के हैसियत छ ?’ भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा झन आलोचित भए । सबैको अभिभावक बन्नुपर्ने सभापति नै नेताहरुको नाम लिँदै गाली गलौजमा उत्रिएपछि आलोचना हुनु स्वभाविक थियो ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिमा पनि देउवाको अभिव्यक्तिबारे प्रश्न उठ्यो ।

नेता गगन थापाले सार्वजनिक मञ्चबाट भइरहेको आरोप प्रत्यारोपबारे समीक्षा गर्नुपर्ने बेला सभापतिले बोलेपछि कार्यकर्तालाई कसले सम्हाल्ने भन्ने प्रश्न गरेका हुन् । पार्टीका बैठकहरुमा खुला बहस छलफल गर्नुपर्ने तर सार्वजनिक मञ्चहरुमा संयमितता अपनाउनुपर्ने उनले जोड दिएका छन् ।

सभापति देउवाले भने उनलाई तत्कालै जवाफ दिएका छन् । आफूले शेखर कोइरालालाई दुई पटक बोलाएर धेरै आलोचना नगर्न भन्दा पनि नमानेको उनले बताए । आफ्नो धेरै विरोध नगर्न आग्रह गर्दै हात जोडेको भन्दै उनले भने, जहाँ पनि मलाई नै गाली गरेपछि मैले नबोलेर के गर्ने ? ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment