Comments Add Comment

पाकिस्तानसँगको खेल बहिस्कारबारे बोले कोहली

काठमाडौं । पुलवामा आक्रमणपछि भारतमा विश्वकपमा पाकिस्तानसँग खेल्न नहुने बहस चर्किएको छ । यसमा कप्तान विराट कोहलीले मुख खोलेका छन् ।

पाकिस्तानसँग खेल्ने नखेल्ने विषयमा देश र क्रिकेट बोर्डको निर्णयलाई पछ्याउने उनले बताएका हुन् । ‘जुन घटना भयो, त्यसबाट भारतीय टिम आश्चर्यचकित र दुःखी छ’ कोहलीले भनेका छन्, ‘हामी अडान प्रष्ट छ, देशले के चाहन्छ र बीसीसीआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड)ले के निर्णय गर्छ ।’

देश र बोर्डले गर्ने निर्णयलाई पछ्याउने उनले प्रष्ट पारे ।

विश्वकपमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान जुन १६ मा इंग्ल्याण्डमा खेल्ने तालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment