Comments Add Comment

७ अंकले सुधारियो सेयर बजार, २० करोडको कारोबार

१३ फागुन, काठमाडौं । सेयर बजारमा ७ अंक बढीको सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार दोस्रो दिन सोमबार ७ दशमलव ४१ अंकको सुधार देखिएको छ ।

बजार ७.४१ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ सय ९ दशमलव ७३ अंकमा पुगेको छ । सोमबार दिनभर उताचढाव देखिएको बजार दिउसो एकपटक १ हजार १ सय भन्दा तल झरेको थियो ।

सोमबार दिनभर भएका ४ हजार ३ सय १९ कारोबारबाट विभिन्न कम्पनीका ७ लाख २० हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड ३८ लाख ३९ हजार ८ सय ६४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा सोमबार नविल बैंक पहिलो स्थानमा देखिएको छ । नविल बैंकको सर्वसाधारण समूहतर्फको सेयर २ करोड ५० लाख ७१ हजार २ सय ६९ रुपैयाँको किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा पनि नविल बैंक नै देखिउको छ । सोमबार पहिलो नम्बरमा सबैभन्दा धेरै कारोबार नविल बैंकको सर्वसाधारण समूहतर्फको भएको छ भने दोस्रो नम्बरमा नविलकै संस्थापक समूहको भएको छ ।

तेस्रो नमबरमा भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना देखिएको छ । माथिल्लो तामाकोशीको ७८ लाख ८६ हजार ५ सय ४२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment