+
+

विवेक र पुनम राष्ट्रिय प्रतियोगिताका लागि छनोट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते १५:४०

१३ फागुन, काठमाडौं । बागलुङका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट भएका छन् ।

म्याग्दीको बेनीमा सम्पन्न गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिजयी हुँदै बिवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् ।

पश्चिमाञ्चलमा ब्याडमिन्टनमा कास्की जिल्लाको वर्चस्व रहेकोमा बाग्लुङ्गका बिवेक जिसीले पहिलो पटक पहिलो स्थान हात पार्न सफल भएको रेफ्री उदय अर्यालले बताए ।

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ब्याडमिन्टनमा छनोट हुन सफल अन्य खेलाडीहरुमा पुरुष तर्फ कास्कीका विद्यान अधिकारी, भूगोल गुरुङ्ग र बिशाल खड्का, बागलुङका राजिन खड्का, म्याग्दीका सुरेन्द्र हमाल र नवलपुरका केवल श्रेष्ठ रहेका छन् । यस्तै महिला तर्फ कास्कीकै यामकुमारी गुरुङ, प्रजिता गुरुङ र अन्तरा राना तथा बागलुङकी सुनिता पौवी रहेका छन् ।

बिजयी खेलाडीहरुलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता रेफ्री अर्यालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?