Comments Add Comment

रेनु दाहाललाई मेयरमा जिताएर गल्ती गरिएछ : उपमेयर शाह

‘भरतपुर महानगरमा अनियमितता बढ्यो’

१४ फागुन, काठमाडौं । भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा अनियमितता बढेको बताएकी छिन् । उनले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’

महानगरपालिकालाई मेयर रेनुले एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’

उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस गरेको समेत बताइन् । यसबारे मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment