Comments Add Comment

‘साइनो’को गीतमा मिरुना र राजको छमछमी

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रदर्शन मिति तय गर्दै पहिलो गीत पनि सार्वजनिक गरिएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा चेतन कार्कीको शब्द, बसन्त सापकोटाको संगीत छ । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीतमा नव–नायक राज कुमार र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा रामेश्वर कार्कीको छायांकन ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साइनो’मा राज र मिरुनाका अलावा निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा प्रस्तुतकर्ता चन्दले जीवनभर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनका लागि चलचित्र निर्माण शुरु गरेको बताइन् ।

उनले अन्तिम साससम्म पनि नेपाली चलचित्र नै हेर्ने इच्छा व्यक्त गरिन् । निर्देशक रमेश थापाले ‘साइनो’ आप्mनो पहिलो चलचित्र भए पनि आपूmले सकेको मिहिनेत गरेको बताए । कला क्षेत्रमा लामो समयदेखि आवद्ध भए पनि चलचित्र निर्देशनमा मौका दिएकोमा उनले निर्माता भुवन चन्दप्रति आभार प्रकट गरे । चलचित्र ‘साइनो’ आउँदो बर्षको जेठ १० गते रिलिज हुने बताइएको छ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । अहिले यो चलचित्रको सम्पादन कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment