Comments Add Comment

एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस शेयर सूचिकृत

१३ फागुन, काठमाडौं । यस एनआई सी एशिया बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

बैंकको गत पुष ४ गते बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशतबोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर मिति फागुन ९ गते एक्सचेन्जमा सूचिकृत हो । सो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ ।

बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमाउक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयर धनीमहानुभावहरूमा आग्रहसमेत गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment