Comments Add Comment

रौतहटमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

१४ फागुन, रौतहट । चन्द्रनिगाहपुरमा हुने प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।

सितोरियो कराँते संघ रौतहटको आयोजनामा फागुन १७ र १८ गते चन्द्रनिगाहपुरको तुलसीलाल स्मृति रंगशालामा हुने प्रतियोगितामा नेपालका सातै प्रदेश, भारत, भुटान र बंगलादेशका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने अध्यक्ष अशोक पहाडीले बताए ।

२४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि हुने प्रतिस्पर्धामा सहभागी हुने खेलाडीको लागि बास र खानाको ब्यावस्था भइसकेको आयोजकले जानकारी दिएका छन् ।

प्रदेश २ मै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा आयोजक टिमसहित नेपालका ८ टिमको सहभागिता रहने छ ।

१७ गते बिहान सुरु हुने र १८ गते साँझ सम्पन्न हुने प्रतियोगितामा चार देशका खेलाडी तथा निर्णायक गरेर करिव चार सय जना सहभागी हुनेछन् ।

प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एक एक जनालाई नगद पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष पहाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment