Comments Add Comment

सत्ताको चास्नीमा डुबेर क्रान्तिकारी नेताले भ्रष्टाचार गरे : बाबुराम

१४ फागुन, डडेल्धुरा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि भ्रष्ट भएको बताएका छन् ।

जनसंवाद यात्राका क्रममा डडेल्धुरा सदरमुकाम आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले क्रान्तिकारी नेताहरुले सत्तामा पुगेपछि आफ्नो निष्ठा, आर्दश भुलेर भ्रष्टाचार गरेको बताएका हुन । ‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौं, सबै साथी जेल बस्नु भएको हो’ उनले भने ‘तर, सत्तामा पुगेपछि रेकर्ड राम्रो छैन । जानेर होस् वा नजानेर भ्रष्टाचार भयो ।’

२०४६/४७ मा कांग्रेस, ०५४/५५ मा तत्कालीन एमाले र २०६३/६४ पछि तत्कालीन माओवादी सत्तामा गएको स्मरण गदैए उनले भने, ‘सत्तामा पुगेपछि सबैले आफ्नो आदर्शलाई बिर्सिएका छन्, जसरी गुलियोमा डुबेको झिँगा उड्न सक्दैन, त्यसरी नै क्रान्तीकारी साथीहरु सत्ताको चास्नीमा डुबेर ठुला-ठुला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौं ।’

‘हिजोका क्रान्तिकारी भनिने कम्युनिष्ट र लोकतन्त्रवादी भनिने कांग्रेसका साथीहरुले समेत पञ्चायत र राणाकालको जस्तै भ्रष्टाचारका काण्ड गरे । त्यतिबेला लुुकाएर हुन्थ्यो आजभोलि हाक्काहाक्की भ्रष्टाचार गरे, चाहे वाइडबडी काण्ड भन्नुस्, चाहे बुढीगण्डकी प्रकरण भन्नुस् ।’

राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिहरुले नै आफ्ना आसेपासेलाई मिलाएर खाएको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले दलीय भागवण्डाका कारण अख्तियार काम नलाग्ने भइसकेको बताए । ‘हाम्रा अनुसन्धान गर्ने संस्थाहरु कमजोर भए, पार्टीका मान्छेहरुले भागबन्डा गरेर आयुक्तहरु नियुक्त गर्छन्, अनि तिनले कसरी भ्रष्टाचार नियन्त्रण गर्लान् ? उनले प्रश्न गरेका छन् ।

सशक्त जनलोकपाल आवश्यकता भएको भट्टराईको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment