Comments Add Comment

सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात

१५ फागुन, डडेल्धुरा । सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएको छ ।  हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो ।

करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो ।

जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ । एक्कासि बढेको चिसाले विशेषगरी वृद्ध–वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।

पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने नहुँने हो कि भन्ने पीर यहाँका किसानमा छ । यो वर्ष डडेल्धुरामा पाँचौपटक हिमपात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment