+
+
Shares

सरकारी डाक्टरद्वारा आकस्मिकबाहेकका सेवा बहिष्कार, बिरामी मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते ९:५२

१५ फागुन, काठमाडौं । सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् ।

काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ ।

कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरुले धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले अनलाइनखबरसँग भने, ‘हाम्रा माग सम्बोधन गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकियो तर सरकारी पक्षबाट कुनै रेस्पोन्स आएन । त्यसैले पूर्वघोषित कार्यक्रम अनुसार, सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हौं ।’

वीर अस्पतालको ओपीडी कक्षमा टाँसिएको सूचनामा लेखिएको छ– चिकित्सकहरुको वैज्ञानिक एवं व्यवहारिक समायोजनलगायतका लागि महिनौंको पहल पश्चातसमेत हाम्रो जायज आवाज नसुनिएपछि हामी चिकित्सकहरु यही अवस्थामा सेवा दिन असमर्थ भएका छौं ।’

बिरामीलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै सूचनाको अन्त्यमा लेखिएको छ– आजको सानो दुःखले भोलिको चिकित्सा सेवामा सुधार ल्याउने छ ।’

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।

देशभर करिब १४ सय सरकारी डाक्टर छन् । उनीहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?