Comments Add Comment

२६ गतेदेखि स्पर्शको आईपीओ खुल्ने

१५ फागुन, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले बुधबार आह्वान–पत्र सार्वजनिक गर्दै २ लाख ५२ हजार कित्ता सेयर अर्थात २ करोड ५२ लाख रुपैयाँ बराबरको आईपीओ खुला गर्ने जानकारी दिएको थियो ।

संस्थाको आईपीओका लागि आगामी २६ गतेदेखि आवेदन खुला हुनेछ । संस्थाको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ ।

क्यापिटलका अनुसार सेयर आवेदनका लागि फागुन २६ देखि छिटोमा २९ गतेभित्रै आवेदन दिनुपर्ने उल्लेख छ । यो वित्तीय संस्थाले प्रति साधारण सेयर १ सयका दरले २ लाख ६९ हजार ६३० कित्ता सेयर मध्ये ४ हजार १४८ कित्ता कर्मारीका लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

पछिल्लो समय जलविद्युत् कम्पनीहरुको सेयरमा आकर्षण् कम देखिदा लघुवित्तको साधारण सेयरमा भने धेरै आकर्षण देखिने गरेको छ । थोरै परिमाणमा सर्वसाधारणका लागि सेयर जारी हुने भए पनि लघुवित्तको सेयरमा ठूलो परिमाणमा आवेदन पर्ने गरेको छ । दोस्रो बजारमासमेत लघुवित्तको सेयर मूल्य उच्च रहने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment