Comments Add Comment

करणको ‘तख्त’मा करिना जोडिइन्

बलिउड नायिका करिना कपुर अहिले चलचित्र ‘गुड न्यूज’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा उनले अक्षय कुमारको जोडी भएर काम गरिरहेकी छिन् । करिनाले यो चलचित्रको छायांकन सकिए लगत्तै करण जोहरको चलचित्र ‘तख्त’मा काम गर्ने पक्का भएको छ ।

‘तख्त’को लागि रणवीर सिंह, आलिया भट्ट, जान्वी कपुर लगायतका कलाकार पक्का भइसकेका छन् । यस्तैमा चलचित्रमा करिना कपुर पनि जोडिएकी छिन् । करिना आफू यस चलचित्रमा जोडिन पाउँदा निकै खुसी लागेको बताउँछिन् । ‘यो मेरो लागि पूर्ण रुपमा फरक चलचित्र छ । किनभने मैले आजसम्म यस्तो कथामा काम गरेकी छैन’, करिनाले भनिन्–‘अर्को कुरा मैले लामो समयपछि करण जोहरसँग काम गर्दैछु । त्यो कुराले पनि निकै उत्साहित बनाएको छ ।’

यस चलचित्रले भारतमा भएको मुगल राजको विषयलाई उठान गरेको छ । बिषय गम्भिर भएका कारण यस चलचित्रको कथा तयार गर्न दुई वर्षको समय लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment