Comments Add Comment

एकजना विद्यार्थीका लागि स्कुल खोल्दै सरकार, डेढ करोड खर्च

अहिलेको युगमा बालबालिकाको लागि शिक्षा कति महत्वपूर्ण छ र सरकारहरु यसका लागि कति धेरै सजग हुनुपर्दछ भन्ने कुराको दह्रो उदाहरण हालै अमेरिकामा देखिएको छ ।

अमेरिकाको व्योमिंगस्थित लारामी सहरमा त्यहाँको सरकारले केवल एकजना विद्यार्थीका लागि डेढ करोड रुपैयाँ भन्दा धेरै खर्च गरेर एउटा स्कुल नै खोल्दैछ ।

लारामी सहरमा केवल एकजना विद्यार्थीलाई पढाउनका लागि स्कुल खोलिएको यो पहिलो पटक होइन । सन् २००४ मा पनि त्यहाँ केवल एकजना बच्चाको लागि स्कूल खोलिएको थियो । त्यस समय सो स्कुलमा पढेका ती विद्यार्थीका अनुसार त्यो स्कुल शिक्षक र विद्यार्थी दुबैका लागि निकै अनौठो थियो ।

लारामीमा केवल एकजना विद्यार्थीका लागि स्कूल खोल्नुका पछाडिको मुख्य कारण चाहीँ त्यो क्षेत्रको धेरैजसो भाग पहाडि इलाका हुनु हो । त्यसका अलावा व्योमिंगको कानूनका अनुसार सहरी क्षेत्रबाट टाढा बस्ने बालबालिकाहरुलाई धेरै टाढाको स्कुलमा भर्ना गर्न सकिँदैन ।

पहाडि इलाका र सडकको अवस्था नाजुक भएको हुँदा विद्यार्थीहरुलार्य टाढाको स्कुलमा लैजान गाह्रो हुन्छ । त्यसैले सरकारले त्यहाँ भिडियो कन्फ्रेन्सिङ्गका माध्यमबाट समेत पढाउने कोसिस गरिरहेको छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment