Comments Add Comment

लाखौं ठगेर अपहरणको नाटक, ५ जना पक्राउ

१५ फागुन, काठमाडौं । प्रहरीले लाखौं रुपैयाँ ठगेर अपहरणको नाटक गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विभिन्न बहानामा रकम ठगी गर्ने रौतहटको मुडवलवा-३ घर भइ कलंकी बस्दै आएका ५१ वर्षीया सत्येन्द्रप्रसाद यादवसहित उनका सहयोगीहरु छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका डीएसपी रविन कार्कीका अनुसार पक्राउ पर्ने अन्यमा सिन्धुलीका अनुप वैद्य, चितवनका सुभाष तामाङ, तनहुँका सुदिप थापा र सन्दिप थापा छन् ।

कार्कीका अनुसार सोमबार काठमाडौं-२, लाजिम्पाटबाट अपहरित भएको सूचनाको आधारमा खोजतलास गर्दा उनी मंगलबार राति तारकेश्वर-३, पाँचपानेस्थित एक रिसोर्टमा भेटिएका थिए । त्यसक्रममा उनीसहित थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा यादवले आफू अपहरणमा परेको नभई आर्थिक कारणले अपहरणको नाट गरेको बताएका थिए ।

अधिकारीहरुका अनुसार पक्राउ अन्य व्यक्ति पनि यादवबाट ठगिएका थिए । तर, उनीहरुले यादवलाई बन्धक बनाएको नाटक गरेर अन्य पीडितहरुबाट पैसा उठाउन खोजेका थिए ।

प्रहरीले उनीहरुमाथि ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुस्–

अपहरण र फिरौती स् १० वर्षे द्वन्द्वले फैलाएको अपराध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment