Comments Add Comment

एपीएफलाई हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा

Photo Credit : फाइल तस्वीर

१५ फागुन, पोखरा । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्रीस्टार पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल पुगेको छ ।

पानी परेर हिलाम्य मैदानमा निर्धारित समयमा दुबै तर्फबाट गोल नभएपछि अतिरिक्त समय नथपी पेनाल्टी सुटआउटबाट हारजितको निर्णय गरिएको हो ।

एपीएफका सुदीप सिख्राकार र एपीएफएकै विक्की लामाको पेनाल्टी गोल नभएपछि थ्रीस्टार उपाधिनजिक पुगेको हो हो ।

थ्रीस्टारका अनन्त तामाङ म्यान अफ दि म्याच घोषित भए । बिहीबार हुने दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब डफिन्सबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment