Comments Add Comment

‘लगानीका लागि विश्वासिलो वातावरण अझै बनेको छैन’

१५ फागुन, काठमाडौं । अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् ।

मिडिया इन्टरनेसनलले आयोजना गरेको एटर्नी एट ल बासुदेव फुलाराको सम्मान विषेश कार्यक्रममा बोल्दै उनले अझै पनि सरकारले एनआरएनलाई लागानी गर्नको लागि विश्वासको बातावरण बनाउन नसकेको बताए ।

कार्यक्रममा बोल्दै उनले लाखौको संख्यामा नेपालीहरु गैरकानुनी रुपमा विदेश गइरहेको बताउँदै गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताए ।

गैरकानुनी रुपमा ंअमेरीका तथा यूरोपियन मुलुकमा जाँदा अरबौं रुपैयाँ नेपाली दलाल मार्फत विदेशीने गरेकोले यस्तो कार्य रोक्न राज्य गम्भिर हुनुपर्ने बताए । यस्तो समस्या नेपालको ठुलो संख्यामा रहेको भन्दै उनले नेपाल सरकार, नेपालका मिडिया हाउस र बार एसोसियसनले यी विषयलाई गम्भिर रुपमा लिनुपर्ने उनले बताए । नेपालीहरुले विदेशमा पसिना चुहाएर पठाएको रेमिट्यान्स गैरकानुनी रुपमा विदेशी दलाहरुले लैजाने गरेको उल्लेख गरे ।

यो कार्य बढ्दै जाँदा यसको नियन्त्रणमा समेत चुनौती बढ्ने उनले बताए । सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । आफु अमेरीका जाँदाको स्मरण गर्दै फुलाराले पछिल्लो समय दलालहरुले खुलम खुल्ला रुपमा पचासौंलाख सम्म ठगेर अमेरीकाको सपना देखाउने गरेको भन्दै त्यस्ता ठग बाट सजग रहन अनुरोध गरे ।

अहिलेको बदलिँदो अमेरिकन आप्रवासि नीतिले कानुनी रुपमा अमेरीकामा रहेका नेपालीलाई कुनै पनि प्रभाव नपर्ने उनले बताए । तर गैरकाननुनी रुपमा अन्य मुलुकको सिमाना हुँदै अमेरीकामा जानेहरुलाई भने असहज भएको बताउँदै गैरकानुनी रुपमा अमेरीका प्रवेस गर्ने आप्रवासिलाई लक्षित गरेर आप्रवासन निति लागु हुन लागेको उनले बताए । उक्त आप्रवासन नीति पनि अदालती प्रक्रियामा रहेकाले कसरी अगाडी बढ्छ भन्ने एकिन नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment