Comments Add Comment

आङछिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति र ताराले उडान नगर्ने

१६ फागुन, काठमाडौं । पर्यटन उद्यमी आङछिरिङ शेर्पाको निधनको शोकमा यति एयरलाइन्स डोमेस्टिक प्रालिले शुक्रबारका आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका शेर्पाको निधनमा यति र उसको सहायक एयरलाइन्स ताराले आफ्ना उडान रद्द गरेको हो । सेवा स्थगित गर्दा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ ।

यति र तारा एयरले काठमाडौंबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा, साँफेबगर, सुर्खेत, चौरजहारी, रुकुम, जोमसोम, मनाङ, पोखरा, लुक्ला, फाप्लु, ताप्लेजुङ, रामेछाप, भोजपुर र तुम्लिङटारमा दैनिक उडान भर्दै आएका छन् ।

पर्यटन उद्यमी शेर्पाको बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीले पनि ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment