Comments Add Comment

आहा रारागोल्डकप : हातमा कालोपट्टी बाँधेर खेलाडीद्वारा शोक व्यक्त

१६ फागुन, पोखरा । पोखरामा जारी १७ औं आहा रारा गोल्ड कपको बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदै थियो । पोखरा रंगशालाको मैदानमा फाइनलसम्मको यात्रा तय गर्न त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब डफिन्सबीच हुने भिडन्तको प्रतीक्षामा थिए, दर्शक ।

अन्य दिन क्याप्टेनको हातमा मात्रै पट्टी बाँधिएको दर्शकले बिहीबार फरक अनुभव गरे । बिहीबारको खेलमा नेपाली टिम आर्मीले मात्रै होइन, विदेशी टिम डफिन्स र रेफ्रीसमेतले कालो पट्टी बाँधेर मैदानमा छिरे ।

कारण थियो, ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाका मृतक प्रति श्रद्धाञ्जली । उक्त दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

आहा रारा गोल्डकपको उद्घाटन पनि पर्यटनमन्त्री अधिकारीले नै गरेका थिए । क्लबले उनको सम्मानमा १ मिनेट मौन धारण गरेर खेल खेलाइएकोे थियो । मन्त्री अधिकारी सहारा क्लबका आजीवन सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment