Comments Add Comment

नेपाली फुटबलको विकासमा चीनले सहयोग गर्ने

१६ फागुन, काठमाडौं । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल संघ (सीएफए) बीच सम्झौता भएको छ ।

ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ र चाइनिज फुटबल संघबीच सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र चाइनिज फुटबल संघको तर्फबाट अध्यक्ष चाई झिन्हुआले हस्ताक्षर गरे ।

विशेषगरी तीन वटा कुरामा चाइनिज फुटबल संघसँग एन्फाले सम्झौता गरेको छ । टिम आदनप्रदान, भौतिक पूर्वाधार निर्माण र प्रविधिको विकास गरी तीन वटा मुख्य विषयमा रहेर चार वर्षका लागि एन्फाले चाइनिज फुटबल संघसँग सम्झौता गरेको हो ।

यो सम्झौताअनुसार अब, नेपालका राष्ट्रिय महिला पुरुष तथा उमेर समूहका टिम चीनमा गएर मैत्रीपूर्ण खेल खेल्नुका साथै अभ्यास गर्ने छन् ।

त्यस्तै, चीनका राष्ट्रिय महिला, पुरुष तथा उमेर समूहका टिम नेपाल आएर अभ्यास गर्ने छन् । सम्झौता अनुसार नेपाली फुटबलको भौतिक संरचना निर्माण गर्न पनि चीनले महत्वपूर्ण भूमिका खेल्ने छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि चाइनिज फुटबल संघका अध्यक्ष झिन्हुआले टिम आदनप्रदान भएर अभ्याससँगै खेल खेल्ने राम्रो सम्बन्ध हुनका साथै नेपालमा भौतिक पूर्वाधारको पनि विकास गनेृ प्रतिबद्धता दिए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो सम्झौता नेपाली फुटबलको विकासमा कोशेढुंगाा सावित हुने बताए । उनले भने, ‘अब नेपाली महिला पुरुष टिम चीनमा गएर खेल्ने छ भने चीनका टिम नेपालमा आएर खेल्ने छन् ।’

उनले थपे, ‘चीनका विभिन्न डिभिजनका क्लबले आगामी वर्षदेखि नेपालको मोफसल प्रतियोगितामा खेल्ने सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment