+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते ८:५१
Photo Credit : दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै प्रधानमन्त्री केपी ओली । तस्वीरः विकास श्रेष्ठ. अनलाइनखबर

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदासमेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?