Comments Add Comment

कविताः आह्वान

हे, विश्वका मानिसहरु हो
मेरो एउटा कुरा सुनिदेउ
छोड यो होडबाजीको क्रम
बन्द गर गोला बारुद बनाउन

नत्र यस्को परिणाम राम्रो हुनेछैन
तिमी आफैँ कुनै बारुदको घेरामा पर्नेछौ
तिमी आफैँले बनाएको अस्त्रबाट
तिमी आफैँ ध्वस्त हुन सक्छौ

भन त, किन एक अर्कामा यो लडाईं
किन एक अर्कालाई मारिरहेछौ
उम्लिरहेको सबैको त्यो तातो रगत त हो नि
काटे पछि सबैको त्यही रातै रगत त हो नि

सुन, फुटेर होइन मिलेर सबै बाँच
एक आपसमा अंगालो हालेर बाँच
आफ्नै जिन्दगी किन अन्धकार बनाइ रहेछौ
जिन्दगी भरी तिमी हाँसेर बाँच

हेर, खेल्न छोड यो रगतको होली
नत्र फेरि तेस्रो युद्ध हुन जाला भोलि
बन्द गरिदेउ समय छँदै यो रगतको खेल
बाँध बाँधिलेउ समय छँदै नत्र फेरि आउँला भेल

बुद्धको देशमा जन्म लिएर एउटै गर्छु गीत गान म
शान्ति नै हो सब भन्दा ठूलो गर्दैछु यस्कै आव्हान म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment