Comments Add Comment

गायत्री मन्त्रको महत्व, किन १ सय ८ पटक जप गरिन्छ ? 

अभिनेता अनमोल केसी बिहान उठ्नसाथ मन्त्रोचारण गर्छन्, भगवान कृष्णको नाममा । अनलाइनखबरसँगको साक्षतकारमा उनी भन्थे, ‘बिहान म यो मन्त्र एक सय आठ पटक जप गर्छु ।’

उनी धर्मभीरु होइनन् । कुनै धर्मप्रति उनको आशक्ति पनि छै्रन । मन्त्रोचारण गर्नुको अर्थ कुनै याचना वा कामना पनि होइन । त्यसो भए किन उनी बिहान उठेर एक सय आठ पटक भगवान कृष्णको नाममा मन्त्र जप गर्छन् त ?

अनमोलले भनेका थिए, ‘यसरी मन्त्रोचारण गर्दा मनमा एक किसिमको शान्ती मिल्छ । तनाव हट्छ । कसले मलाई टप गर्‍यो, कसले के गर्‍यो भन्ने कुराको टेन्सन हुँदैन । आफ्नै लाइफमा इन्जोए गर्नका लागि हो ।’

मन्त्र किन उच्चारण गरिन्छ ? मन्त्रको विकास किन र कसरी गरियो ? मन्त्र जप गर्नुको ध्येय के हो ? निश्चय पनि कुनै धार्मिक लाभका लागि मन्त्र जप गर्ने होइन । हाम्रो शरीर र मनसँग यसको कुनै न कुनै सम्बन्ध छ ।

मन्त्रको कुरा गर्दा हामी धेरैजसोले सुन्दै र सुनाउँदै आएको मन्त्र हो, गायत्री मन्त्र । कतिपय विद्यालयमा बालबालिकालाई समेत गायत्री मन्त्र सिकाउने गरिन्छ । गायत्री मन्त्र के हो ? हामी किन यसको जप गर्छौं ? गायत्री मन्त्र किन १ सय ८ पटक जप गरिन्छ ?

यस सन्दर्भमा आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकरले गायत्री मन्त्रबारे विस्तृतमा बताएका छन् ।

गायत्री मन्त्र तीन शब्द मिलेर बनेको छ । गा, य, त्री ।

जीवनमा तीन प्रकारको दुःख आउँछ । हाम्रो शरीर तीन छ, स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । र, यी सबै स्तरमा दुःख आउँछ । मानव जीवनको यही तीन स्तरबाट पर जानुपर्छ र यही गायत्री मन्त्रको अर्थ हो । अर्थात जसले गायत्री मन्त्र जप गर्छ, उसले यी दुःखबाट पार पाउँछ । परम आनन्द अनुभूत गर्छ ।

गायत्री मन्त्र, मानव जातिका सबैभन्दा ठूलो प्राथनामा एक हो ।

यसको अर्थ के हो त ?

‘ईश्वर ममाथि व्याप्त हुनुहोस् र ईश्वर मेरो सारा पापलाई नष्ट गरिदिनुहोस् ।’

‘त्यो दिव्य ज्योति जो सारा पाप जलाइदिन्छ, त्यही दिव्य ज्योतिको म पूजा गरुँ र त्यसमा समाहित हुन पाउँ ।’

‘हे ईश्वर, मेरो बुद्धिलाई प्रेरणा दिनुहोस् ।’

अब हेरौं, हाम्रो सबै काम हाम्रो बुद्धिबाट हुन्छ । होइन त ? हाम्रो बुद्धिमा केही विचार आउँछ, तब हामी केही प्रतिक्रिया जनाउँछौं । अर्थात काम गर्छौं ।

गायत्री मन्त्रमा हामी ईश्वरसँग प्राथना गर्छौं, कि हाम्रो मनमा राम्रो विचार पैदा होस् । हामी ईश्वरसँग भन्छौं, ‘मेरो बुद्धिमा तपाईं विराजमान हुनुहोस्, मेरो बुद्धिलाई तपाईंको प्रेरणा मिलोस्’- धियो यो नः प्रचोदयात् ।’

‘धि’को अर्थ हो, बुद्धि । मेरो बुछिलाई तपाईंले मार्ग देखाइदिनुहोस् र प्रज्वलित गरिदिनुहोस् । मेरो बुद्धि हरक्षण तपाईंको दिव्यताबाट प्रेरित छ । यस्तो छ मेरो प्रार्थना ।

जब मनमा सही विचार आउँछ, तब हाम्रो सबै काम ठिकठाक हुन्छ । जब मनमा पूर्वाभास हुन्छ, तब हामीले गरिएको कार्य सफल हुन्छ ।

यसैले, उच्च विचारका साथ प्रार्थना गरौं, ‘हे ईश्वर, मेरो मन, मेरो बुद्धि र मेरो पुरा जीवन, दिव्यताले व्यप्त भइदियोस् ।’

यो गायत्री मन्त्रको महत्व हो ।

गायत्री मन्त्र किन १०८ पटक जप गरिन्छ ?

गायत्री मन्त्र किन १ सय ८ पटक जप गरिन्छ ? किनभने ९ ग्रह र १२ नक्षत्र छ । जब ९ ग्रह यस १२ नक्षत्रको चारतर्फ फन्को लगाउँछ, तब १ सय ८ प्रकारको प्रभाव पार्छ । यदी यी प्रभावमा केही नकारात्मक भएमा, यी मन्त्रले सकारातमक उर्जाबाट सुधार ल्याउँछ ।

के महिलाले गायत्री मन्त्र जप गर्न हुन्न ?

पहिले पहिले त्यस्तै धारणा थियो, महिलाले गायत्री मन्त्र जप गर्न सक्दैन । यो एकदम दुर्भाग्यको कुरा हो कि, मध्य युगमा महिलालाई यी सबै अधिकारबाट बञ्चित गराइयो । तर, अहिले हामीले यो पुरातन धारणालाई बदलेका छौं । अहिले थुप्रै महिला गायत्री मन्त्र सिकिरहेका छन् ।

गायत्री मन्त्रको महत्व

गायत्री मन्त्रको अद्भुत प्रभाव र आश्चर्यजनक चमत्कारको विषयमा प्राचीन ऋषि, मुनि र साधु सन्तले व्याख्या गर्दै आए । अहिलेको समाजमा पनि यसको खास प्रभाव देखिन्छ । थियोसोफिकल सोसाइटीका प्रमूख नेता श्रीकृष्णमूतिले गायत्री उपासनाको अनुभव वर्णन गर्दै लेखेका छन्, ‘विशेष रुपले गायत्री मन्त्रको प्रयोग गरेर अवलोकन गरियो कि, यसको परिणाम अद्भुत रहेछ । यस मन्त्रको उपयोग स्वार्थका लागि नगरेर परमार्थको लागि गर्नुपर्छ ।’

गायत्री सूर्य भगवानको आवाहनको मन्त्र हो, जब यसको उच्चारण गरिन्छ तब जप गर्नेमाथि प्रकाशको एक ठूलो हिस्सा स्थुल सूर्यमा पर्छ । जुनसुकै समयमा भएपनि यसको जप गर्दा सूर्यको प्रभाव पर्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment